चिराइतो नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ। चिराइतोको बिरुवा नेपालको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ। त्यसैले यसलाई सजिलैसँग उखेल्न सकिन्छ। यो बिरुवा १ देखि १.५ मि. सम्म अग्लो हुन्छ। डाँठको फेद गोलाकार र माथितिर चारकुने परेको हुन्छ। हरेक आँख्लाको दुबैतिर पात र हाँगा पलाएका हुन्छन्। पात १ देखि ११ से.मि. लामो र ०.५ देखि ३ से.मी. चौडा, भालाकृत भै टुप्पो तीखो हुन्छ। पात र डाँठमा रौं हुंदैन र चिल्ला हुन्छन्। कुनै कुनै पातहरू फेदैबाट पलाएका हुन्छन्। हरेक आँख्लामा पात र काण्डको कक्षबाट फूलहरू एउटै झुप्पामा निस्केका हुन्छन्। फूलहरू एउटै झुप्पामा हुन्छन्। फूलको रङ्ग पहेलो वा हरियो हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन्। अरु साधारण फूल झैं यसको पत्रदल ५ वटा हुन्छ। तल्लो भागमा स–साना मसिनो रौंले ढाकिएको दुईवटा ग्रन्थिहरू पाइन्छन्।

चिराइतो
Swertia perennis
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Swertia

प्रजातिहरू
Swertia perennis L.
Species

120-150, See text.

पर्याय

Kingdon-Wardia C. Marquand
Ophelia D. Don
Pleurogyne Eschsch. ex Griseb.
Swertopsis Makino
Synallodia Raf.
Tesseranthium Kellogg
Probable synonyms
Anagallidium Griseb.
Possible synonyms
Frasera Walter
Lomatogoniopsis T. N. Ho & S. W. Liu
Sources: GRIN,[१] ING,[२] NHM[३]

चिराइतोको खेती यसको बीउबाट गरिन्छ। खेतीको लागि नतिशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र अति आवश्यक रहन्छ। खेतमा पानीको राम्रो निकासको व्यवस्था हुनुपर्दछ। कार्तिक, मंसिरतिर बीउ छरिनुपर्दछ। बीउ एकदमै सानो हुँने हुँदा पहिले नर्सरी बेडमा लगाउनु उपयुक्त हुन्छ। ६ देखि ८ से.मी. लामो भएपछि बेर्नालाई मलजल गरी तयार गरिएको वारी वा खेतमा सार्नु पर्दछ।

आषाढश्रावणदेखि आश्विनसम्ममा यसको फूल फुल्छ। फूल परिपक्व भएपछि बोटै उखेल्ने कार्य हुन्छ र चैत्र महिनासम्ममा यसको सङ्कलन गरिसक्नु पर्दछ। आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी निम्न रोगहरूमा प्रयोग गरिन्छ। कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुचि बढाउने इत्यादि। औलोको ज्वरोमा पनि यो निकै उपयोगी भएको पाईएको छ।

बैज्ञानिक नामः स्वयरसिया चिराता (Swertia chirayita ( Roxb. ex fleming Karsten)

संस्कृत नामः किरातक, तिक्तक, भूनिम्व

वनस्पति परिवारः जेन्सीएनेसी (Gentianaceae)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Germplasm Resources Information Network (GRIN) (२००४-०९-२३), "Genus: Swertia", Taxonomy for Plants, USDA, ARS, National Genetic Resources Program, National Germplasm Resources Laboratory, Beltsville, Maryland, अन्तिम पहुँच २००८-०५-१६ 
  2. "Index Nominum Genericorum database", International Code of Botanical Nomenclature, Smithsonian Institution, १९७८, अन्तिम पहुँच २००८-०५-१६ 
  3. "Linnaean Name: Swertia perennis Linnaeus", The Linnaean Plant Name Typification Project, Natural History Museum, अन्तिम पहुँच २००८-०५-१६ [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्