चम्पे नेपालको कोशी अञ्चलको भोजपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ५९४ वटा घर छन्।

चम्पे
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा२९७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

चम्पे गा.वि.स.

चम्पे गा.वि.स.को क्षेत्रफल १६.२६ वर्ग कि.मि., सदरमुकामसम्मको दूरी ८ कोष, घरधुरी ५९४, जनसङ्ख्या ३१५४ पुरूष १५१०, महिला १६४४। विद्यालयमा १ मा.वि. र ४ प्रा.वि. छन्। हरियाली वनपाखा र विष्म धरातलिय समिश्रणबाट निर्मित जिल्लाको पर्ूर्वी भागमा अवस्थित यो गा.वि.स.को नामकरण तत्कालिन धनाढ्य चम्पासिंह रानाको नामबाट भएको हो भनिन्छ। समुन्द्र सतहबाट १५९६ मिटरको उचाईमा रहेको यो गा.वि.स.को पूर्...व, पश्चिम, उत्तर र दक्षिणी सिमानामहरूमा क्रमशः प्याउली, हेलौछा, याङ्पाङ् र तिवारी भञ्ज्याङ गा.वि.स.हरू रहेका छन्। पूर्वी एवं उत्तरी मोहडा तर्फरहेको छ। यसमध्ये २१.०५% सिञ्चित र ३९.२३% असिञ्चित गरी कूल ६०.२८% भूमि खेतीयोग्य १६.३०% भूमि गौचरण १५.४७% भूमि खोलानाला तथा चट्टान र ७.९५% भूमि वनजंगल रहेको छ।

कुल १२ जनजातिहरूको बसोबास रहेको यो गा.वि.स.मा ४८% पुरूष र ५२% महिला बसोबास गर्दछन्। यहाँ पनि मिश्रति जातिको बसोबनस छ। पुर्णतया मौसमी पतझर वन पाइने यो गाविसमा पात्ले, चिलाउने, उत्तीस, साल र बाँसका रूखाहरू पाइन्छन्। यहाँको मुख्य कृषि बाली धान हो भने मकै, कोदो, गहुा सहायक बालीहरू हुन्। करीब ५००-६०० टन वाषिर्क रूपमा फल्ने यहाँको नगदे बाली अलैंची हो। यहाँका मानिसहरूको मुख्य पेशा कृषि व्यवसाय हो भने जागीर, व्यापार र मौसमि कार्य सहायक पेशा हुन्। महेन्द्र राजमार्ग नबन्दा पर्ूर्वी पहाडका जिल्लाहरूलाई राजधानी सँग जोड्ने मुख्य बाटो 'हुलाकी मार्गमा' रहेको यो गाविसमा विकासका गतिविधिहरू खासै नभए पनि हाल नेपाल विद्युत प्राधिकरणको ११ के.भी. प्रसारण अर्न्तर्गत विद्युत् बिस्तार र कृषि सडक निर्माणको थालनी भइरहेको छ। यहाँ एउटा उपस्वास्थ्य चौकी, अतिरिक्त हुलाक, सामाजिक क्वब, टुबल क्लब, गेष्ट हाउस र सहकारी बचत तथा ग्रामिण कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।

करीब ९० वर्षछि पहिलेदेखि यहाँ व्यापारिक हाटको सञ्चालन हुँदै आएको देखिन्छ। औंसी र पूणिर्माको दिन पाक्षिक रूपमा लाग्ने हाट गाविस केन्द्र पोखरीबाट रहेको छ। यो ठाउँ लेक र बेंसीको संगम स्थलमा रहेकाले हजारौं कृषकहरू आ-आफ्नो उत्पादनहरूको बिक्री-वितरण र आवश्यक सामग्रीहरूको खरीद गर्ने गर्दछन्। यो हाटमा लेक तथा बेंसी दुवै स्थानको कृषी उत्पादनहरू सरल रूपमा पाइने हुँदा केही व्यापारीहरूद्वारा छिमेकी जिल्ला सदरमुकाम खाँदवारीमा समेत नियमित आपर्ूर्ती हुने गर्दछ। यहाँ औद्योगिस वस्तुहरू पनि उत्तिकै बिक्री-वितरण हुने भएकाले स्थानीय बासिन्दाहरू यो हाटलाई साप्ताहिक हाटमा रूपान्तरण गर्ने नितान्त आवश्यक ठान्दछन्। यहाँका मानिसहरू दशैं, तिहार, जनै पूणिर्मा, माघे संक्रान्ति बिस्केट जात्रा, गाई जात्रा, मारूनी नाच, लाखे नाच, चण्डीपूजा, संसारीपूजा, धारापुजा, पितृसरात, आरनपुजा आदि मान्ने-मनाउने गर्दछन्।==जनसङ्ख्या== नेपालको सन् २००१को जनगणना अनुसार चम्पेको जनसङ्ख्या ३१५४ छ।[१] यस मध्य पुरुष ४८%, र महिला ५२% छन्।


स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्