घुसेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २५७ वटा घर छन्। घुसेल गाउँ ललितपुर जिल्ला बाग्मति अञ्चलमा अवस्थित विकट एक गाउँ हो। यस गाउँको पूर्व-उत्तरमा देवीचउर गाउँ र दक्षिणमा माल्टा गाउँ। पश्चिममा बाग्मति नदी र पारि पट्टि मकवनपुर जिल्लाको सिस्नेरी गाउँ छ। यहाँका वासिन्दा खेती तथा पशुपालन गरी जिवनयापन गरी रहेका छन । यस गाउँमा तामाङ समुदायको बाहुल्यता रहेको पाईन्छ । काठमाडौँ उपत्यकाबाट अत्यन्त नजिक भईकन विकासको उज्यालोले कहिल्यै नहेरेको यहाँको वस्तुस्थितिले बताउँछ । काठमाडौँ उपत्यकाबाट अत्यन्त नजिक भईकन विकासको उज्यालोले कहिल्यै नहेरेको यहाँको वस्तुस्थितिले बताउँछ । त्यसैले घुसेल लगायत ललितपुरको दक्षिणीभेगको वर्णन काठमाडौँको कर्णाली भन्ने उपानामबाट पनि चिनिन्छ ।

घुसेल
क्हूस्येल
グセル
देश नेपाल
प्रदेशबागमती
जिल्लाललितपुर
गाउँपालिकाबागमती गाउँपालिका
जनसङ्ख्या
 (1991)
 • जम्मा१,७१५
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

नामाकरण सम्पादन गर्नुहोस्

घुसेल गाउँको नाम नेपालको सरकारी तथा अन्य लेखौटहरूमा गलत तरिकाले धुसेल, बुसेल, गुसेल आदि लेखिएको वा टिपोट गरिएको पाईन्छ । घुसेलको वास्ताविक अर्थ तामाङ समुदायमा यसरी रहेको पाईन्छ । तामाङ भाषामा देव-देवीलाई "क्हु, कू, ला-कू" भन्ने गरिन्छ । अनुहार वा मुख लाई "स्ह्यल, स्यल" । यसरी देवताको अनुहार जस्तो ठाउँ भनि नामांकन गरी क्हुस्यलबाट अपभ्रंश भई हालको "घुसेल" रहेको बुझिन्छ । अझै पनि गाउँको छिमेकी जिल्लाका तामाङहरु घुसेल नभनि क्हुसेल भन्ने गरिन्छ ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार घुसेलको जनसङ्ख्या १५८९ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति


बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्