गन्धर्व पौराणिक कालमा वर्णित एक खस समुदाय को हाङा हो । हाल नेपालको विभिन्न भागमा बसोवास गरी सारङ्गी रेटेर गीत गाउँदै हिड्ने गाइनेहरूलाई पनि गन्धर्व जाति भनिन्छ ।

दशौँ सताब्दीमा भियतनाममा बनाइएको नाचिरहेकी अप्सरा र गन्धर्वको मुर्ति

कश्यप ऋषिका तीन पत्नीबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस (असुर) बने । गन्धर्व विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई संगीत र कलाका विशिष्ट शक्ति प्राप्त छन् । यिनीहरु स्वर्गमा बस्छन् । यिनका सुन्दर पत्नीहरूलाई अप्सरा भनिन्छ । विश्वावसु एक गन्धर्वको नाम हो जसको उल्लेख मेघदूतमा आउ“छ । चित्ररथलाई प्रमुख गन्धर्व (गीता १०.२६) बताइएको छ ।