खुवा, खुआ, र मावा दुधले बनाइने एउटा उत्पाद हो। भारतीय उपमहाद्वीपबाट उत्पति भएको खुवा विशेष गरि भारतीय, बङ्गलादेश, पाकिस्ताननेपालको परिकारहरूमा प्रयोग गर्ने गरिन्छ। दुधलाई धेरै बेर पकाएर पानी जति सुकाएर बनाइने गरिन्छ।[१] काभ्रेको नाला खुवाको लागि प्रसिद्ध छ।[२][३] नेपालमा सबैभन्दा पहिले दुध चिस्याउने केन्द्र पनि नालाको चिसापानीमा स्थापना गरिएको हो। नालाको खुवा भक्तपुर, काठमाडौँ र ललितपुरमा विक्री गर्ने गरिएको छ। खुवालाई नेवारी भाषामा दुरू मह्री वा दुरू मारी भनिन्छ। खुवाबाट धेरै प्रकारका मिठाईहरू तयार गरिन्छ। जस्तै लालमन, रसभरी, बर्फी आदि।

खुवा
खुवा
वैकल्पिक नामहरूखुआ, खोया र मावा
उत्पत्ति स्थानभारतीय उपमहाद्वीप
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारतीय, बङ्गलादेश, पाकिस्तान, नेपाल
मुख्य सामग्रीहरूदुध
समान परिकारहरूखिर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. indiacurry.com Fuzzy Math for reducing milk वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१२ मिति Retrieved 2008-02-24.
  2. "नालाको प्राचीन शहर संरक्षणमा जोड", चेष्टा साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-३१ 
  3. "दूध बेचेर चलेको जीवन", खरी बोट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-३१