कुमारी (जीवित देवी)

(कुमारी ( जीवित देवी)बाट अनुप्रेषित)

नेपाल लगायतका दक्षिण एसियाली देशहरूमा यौवन अवस्था पूर्वका केटीहरूलाई कुमारी या कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा रहेको छ।

जिवित देवी कुमारी / कौमारि माजु

काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्किन्छिन्, जसमध्ये एक पटक पौष शुक्ल अष्टमीको दिन केलटोल जान्छिन्, जनवहाः द्यो अर्थात् आर्यअवलोकेश्वर (सेतो मच्छेन्द्र)को न्हवं दवु (महास्नान)मा। कुमारीलाई महालक्ष्मीको प्रतिक मानिन्छ। जयप्रकाश मल्लले कुमारी प्रथाको स्थापना गरेका हुन्।