कुन्चोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कुञ्चोक गाविस जिल्ला सदरमुकामबाट नजीकै पर्दछ। सदरमुकाम चौताराबाट करिब २ कोष पश्चिममा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.०७ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा सानुसिरुवारी पिपलडाँडा पश्चिममा नवलपुर बाडेगाउँ उत्तरमा स्याउले सिम्पालकाभ्रे र दक्षिणमा सिपापोखरे भोटसिपा गाविसहरू पर्दछन्। कुञ्चोक गासिसमा औसत हावापानी पाइन्छ। यस गाविसको प्रमुख कृषिबालीमा धान मकै गहुँ तथा कोदो पर्दछ। नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा क्षेत्री, सन्यासी, तामाङ तथा अन्य जातिको बसोबास छ। कुञ्चोक गाविसमा उर्जा उत्पादनमा झ्याँडीखोला लघु जलविद्युत परियोजना र ७ ओटा SHS जडान गरिएको छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसको कुल घरपरिवार संख्या ८९७ र कुल जनसङ्ख्या ५१८३ छ। [१]

कुन्चोक
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा७३८
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "कुन्चोक", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्