कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

कर्णाली पुल
पार गर्नेकर्णाली नदी
स्थानचिसापानी, कैलाली  नेपाल
डिजाइनकावासाकी हेभी इन्डसट्रिज लिमिटेड (जापान)
जम्मा लम्बाई५०० मिटर
चौडाई१० मिटर
खोलिएकोसन् १९९४
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जसको निर्माण सन् १९९३मा पूरा भएको थियो ।

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्