कनकपुरा भारतको कर्नाटक राज्यमा रामनगर जिल्लामा अवस्थित कनकपुरा तालुकको एउटा शहर र मुख्यालय हो। बेङ्गलुरु शहरबाट ५५ कि.मि. पर स्थित यो शहर रेशम र ग्रेनाइटका उत्पादनहरुका लागि प्रसिद्ध रहेको छ।[१]यो कर्नाटक राज्यका हरियाली जङ्गलहरुका बीचमा स्थित रहेको छ। यो शहर एउटा पर्यटकिय स्थल हो र यो पुरै कर्नाटक राज्यमा प्रायः पर्यटकहरुका रुचाइएको स्थलका रूपमा चिनिने गरिन्छ, किनकि यसमा सोखिन-सोखिन मानिसहरुदेखि लिएर इतिहास प्रेमीहरु र वन्यजीवहरुका सोखिन मानिसहरु सम्म सब किसिमका केहि न केहि रहेका छन्।

कनकपुरा
Kanakapura
कनकनाहल्ली
शहर
कनकपुरा बस स्टेशनको भित्र रहेको मन्दिर
कनकपुरा बस स्टेशनको भित्र रहेको मन्दिर
कनकपुरा Kanakapura is located in कर्नाटक
कनकपुरा Kanakapura
कनकपुरा
Kanakapura
Location in Karnataka, India
निर्देशाङ्क: १२°३३′००″N ७७°२५′०१″E / १२.५५°N ७७.४१७°E / 12.55; 77.417निर्देशाङ्कहरू: १२°३३′००″N ७७°२५′०१″E / १२.५५°N ७७.४१७°E / 12.55; 77.417
CountryIndia
StateKarnataka
DistrictRamanagara district
सरकार
 • प्रकार[[President-City Municipal Council]]
 • MLAडि. के. शिवकुमार
क्षेत्रफल
 • जम्मा७.८० किमी (३.०१ वर्ग माइल)
उन्नतांश
६३७ मिटर (२०९० फिट)
जनसङ्ख्या
 (2012)
 • जम्मा५४,०१४
 • घनत्व६,५३६.११/किमी (१६९२८.४/वर्ग माइल)
Languages
 • Officialकन्नड
समय क्षेत्रयुटिसी+५:३० (IST)
PIN
५६२ ११७
टेलिफोन कोड०८११७, इन्डेक्स नम्बर ७५, २७५
आइएसओ ३१६६ सङ्केतआइएन-केए
सवारी दर्ताके.ए. ४२
वेबसाइटkarnataka.gov.in

भूगोल सम्पादन गर्नुहोस्

कनकपुरा १२.५५ ° उत्तरदेखि ७७.४२ ° पुर्वमा स्थित रहेको छ। यसको औसत उचाइ ६३८ मिटर (२०९३ फिट) रहेको छ।[२]

कनकपुरा ५५ कि.मि. दक्षिणमा बेङ्गलोर (राजधानी) बाट राष्ट्रिय राजमार्ग एनएच २०९ मा, अरकवथी नदीको तटमा (कावेरी नदीको पुनर्जन्मका रुपमा मानिने) र रामनगरबाट २७ कि.मि. र मैसूरबाट ९६ कि.मि. टाढा रहेको छ।

एनएच २०९ (बेङ्गलोर - कोयम्बटूर) कनकपुराबाट भएर नै जाने गर्दछ।

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

सन् २००१ को भारतको जनगणनाका अनुसार, कनकपुराको जनसंख्या ४७,०४७ रहेको थियो।[३]पुरुषहरुको जनसंख्या दर ५२% र महिलाहरुको दर ४८% रहेको छ। कनकपुराको औसत साक्षरता दर ७६% रहेको छ, जो राष्ट्रिय औसत दर ५९.५% बाट अधिक रहेको छ: पुरुष साक्षरता दर ७२% रहेको छ भने महिला साक्षरता दर ५९% रहेको छ। कनकपुरामा, ११% जनसंख्या ६ वर्षभन्दा साना उमेरका रहेको छ। अहिले कनकपुरा शहर नगरपालिका परिषद भएको छ। कनकपुरा शहरबाट लगभग १६.५ को दूरीमा कनकपुरामा ६ होबली रहेका छन्।

सन् २०११ को भारतको जनगणना अनुसार, कनकपुरामा ५४०१४ व्यक्तिहरुको जनसंख्या रहेको थियो।[४]औसत साक्षरता दर ८१.०८% थियो।


भाषाहरु सम्पादन गर्नुहोस्

कन्नड, यस क्षेत्रको प्रमुख र आधिकारिक भाषा हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Keshava, V. C. (२००४), Exploring Mysore: A Complete Data Map in a Special Style, V.S.R. Prakashana, पृ: 164, 192। 
  2. Falling Rain Genomics, Inc – Kanakapura
  3. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २००४-०६-१६ मिति
  4. "India Census 2011" 


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्