आरू पहाडी भेगमा पाइने एक प्रकारको फल हो। यसको बोट ८ देखि १२ फीटसम्म अग्लो हुन्छ। यो पतझड(अङ्ग्रेजी: Decidious) वर्गको वनस्पति हो। शिशिर याममा सबै रूखको पात झरेको बेला लटरम्मै फुल्ने यो फलले माघ महिनालाई सिँगार्दिने गर्दछ। आरू विभिन्न प्रजातिका हुन्छन् जसमध्ये कुनै जेठ महिनामा पाक्छ भने एक थरि श्रावण महिनामा खान मिल्छ। आरूको फलभित्रको दाना फुटाएमा त्यसभित्र अत्यन्तै मीठो बासनादार दिउल(बीउ) हुन्छ। झण्डै बदाम(Almond)को जस्तो स्वाद हुने आरूको बियाँ बासनाका लागि विश्वप्रसिद्ध मानिन्छ।

आरू
Autumn Red Peaches, cross section
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
उपवंश:
Amygdalus
प्रजाति:
P. persica
वैज्ञानिक नाम
Prunus persica
(L.) Batsch
आरुको फूल

चित्र दिर्घा सम्पादन गर्नुहोस्


"https://ne.wikipedia.org/w/index.php?title=आरू&oldid=1153978" बाट अनुप्रेषित