आङसराङ नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो।यो गा.वि.स. पुर्व क्षेत्र नेपालको लिम्बुवान भित्र पर्दछ । यो आङसराङ गा.वि.स. को प्राकृतिक बनावट उच्च पहाडदेखि निभो धरातलमा अवस्थित छ । यस गाउँमा देउराली जाने उच्च रमणीय देवस्थल छालासुक्वा डाडाजस्तो धार्मिक परम्परागत इतिहास बोकेको प्रसिद्ध स्थानहरू छन । यहाँ विभिन्न साना ठुला अग्लोहोचो रूखहरू खश्रू, चाँप, कटुस, ओखर, मौवा, साल, सिसौ, खयर, उतिस, सल्ला जस्ता रूखहरूले भरिभराउ छ । गाउँ भित्र विभिन्न फलफूल सुन्तला, कागती, निबुवा, भोगटे, अनार, जुनार, दारीम, आलु, अलैंची, अम्लिसो जस्तो नगदे फलफुलहरू प्रशस्त उब्जन्छ । गाउँमा धान, मकै, कोदो, फापर, तोरी आदिको उब्जनी राम्ररी गरिन्छ । यो गाउभित्र विभिन्न जातजाति लिम्बू, ब्राह्मण, क्षेत्री, कामी, दमाई, सार्की, तामाङ, मगर, राई आदि जातिहरूको बसोबास छ र आ-अफ्नो भाषा संस्कृति अपनाएर बसेका छन यस गाविसमा १ उच्च मा.वि. (श्री जयनारायण आदर्श उच्च मा.वि. ), १ मा.वि. (श्री ज्योति मा.वि.), १ नि.मा.वि. (श्रि लालबहादुर नि.मा.वि.) र ३ प्राथमिक विद्यालय साथै केही सामुदायिक र अंग्रेजी माध्यमका बिद्यालय रहेको छ । गाविसको सबै वडामा कच्ची सडक पुगेको छ । यो गाविस खुल्ला दिशामुक्त गाविस हो ।

आङसराङ
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर
जनसङ्ख्या
 (1991)
 • जम्मा६१४५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

फोटोहरू सम्पादन गर्नुहोस्

नामाकरण सम्पादन गर्नुहोस्

यस गाउँको नाम आङ्सराङ हुनुमा बुढापाकाका भनाइ अनुसार यो ठाउँ जङ्गलले ढाकिएको थियो लिम्बू जातिमा आङ्देम्बेहरू अधिकांश अम्लाबुङबाट त्यस गाउँमा प्रवेश गरे । यस बखत सल्लाको जङ्गल बढी भएकोले आङसराङ(सल्ला) साराङ(हाँगा ) र जङ्गल मा त्यति घाम नलाग्ने भएकोले अगेना माथि सल्लाको हाँगाबाट चाङ बनाई बिस्कुन सुकाएर खाने गरिन्थ्यो । यसै अनुसार लिम्बू भाषाबाट यस गाउँको नामकरण गरिएको भनिन्छ ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको वि. सं. २०५८ को जनगणना अनुसार यस गाविसको जनसङ्ख्या ६२४५ रहेको छ ।



स्रोत सम्पादन गर्नुहोस्

लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली